जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफल झाडीमा फेला

जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफल झाडीमा फेला

विराटनगर । गएको भदौ २४ गते ‘जेन–जी’आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, अनारमनीबाट लुटिएको एक थान इन्सास राइफल वेवारिसे अवस्थामा फेला परेको छ ।

उक्त हतियार बुधबार दिउँसो बिर्तामोड नगरपालिका –६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक रहेको सिमल तरुलको झाडीबाट बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, बुधबार अपरान्ह ४ :४५ बजेको समयमा बिर्तामोड –६ को सुगम शान्ति टोलस्थित तोरीबारी नजिकै रहेको सिमल तरुलको झाडीमा हतियार लुकाइएको अवस्थामा फेला परेको थियो ।
प्रहरीले सिरियल नम्बर ०३११००८७२ रहेको इन्सास हतियार एक थान, सोही हतियारको म्याग्जिन एक थान, १९ राउन्ड साबुत गोली र २ राउन्ड वेसाबुत गोली बरामद गरेको छ ।