आपराधिक गतिविधिमा संलग्नहरु पक्राउ

आपराधिक गतिविधिमा संलग्नहरु पक्राउ

विराटनगर । आपराधिक गतिविधिमा संलग्न भई कुटपिट गर्ने ६ जनालाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई ‘आपराधिक लाभ कसुर’ मा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा चैनपुर बस्दै आएका प्युठानका ३० वर्षे केबी पुन मगर, चैनपुर नगरपालिका–७ का २५ वर्षीय लव आले मगर, ३१ वर्षीय युवराज पिठाकोटे मगर, २५ वर्षीय राजु भन्ने यमसिख यसमाली मगर, २५ वर्षीय प्रदीप समाल मगर र २९ वर्षीय ऐम बिरेन यसमाली मगर छन्।

इलाका प्रहरी कार्यालय चैनपुरका अनुसार कात्तिक १२ गते राति करिब १० बजे सुनसरी गढी गाउँपालिका–५ घर भइ हाल चैनपुरमा डेरा गरी बस्ने अक्षय चौधरीलाई ती व्यक्तिहरूले मोटरसाइकल रोकेर कुटपिट गर्दै चाबी खोस्ने तथा ज्यानमार्ने धम्की दिने काम गरेका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्