सुन तोलामा ७ सय रुपैयाँले बढयो

सुन तोलामा ७ सय रुपैयाँले बढयो

विराटनगर । आइतबार सुनको मूल्य बढेको छ ।‍ आज सुन तोलामा ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार प्रतितोला सुन २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्