विराटनगर । झापामा रात्री बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै रामेछापबाट काँकरभिट्टा गइरहेको प्र १–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित दुर्घटना भएको थियो ।

सडकबाट करिब १० मिटर तल खसेर बस पल्टिएको थियो । बसमा सवार रहेका २५ जनामध्ये १९ जना घाइते भएको र उनीहरुलाई तत्काल बिर्तासिटी अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा बस चालक झापा मेचीनगर–६ का ३९ वर्षीय राजु भुजेल सहित झापा गाउँपालिका–३ का १७ वर्षीया इक्षा लिम्बू, कचनकवल–४ का २० वर्षीय रविलाल गणेश, कचनकवल–४ की २१ वर्षीया परिना गणेश, बिर्तामोड–१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की र उनको छोरा नौ वर्षीय एलोन घाइते भएका छन् ।

त्यस्तै, रामेछाप मन्थली–१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी रामेछाप मन्थली–९ का ३५ वर्षीय भीमप्रसाद पुरी, रामेछाप खाँडादेवी–३ का ६५ वर्षीया मिटु खत्री, दोलाखा बैनेश्वर–३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत, रामेछाप देउरालीकी आठ वर्षीया अनु श्रेष्ठ, दोलखा तामाकोशी–३ का २८ वर्षीय कुमार बस्याल घाइते भएका छन् ।

त्यसैगरी, झापा कचनकवल–६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड–५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ, उनको छोरा नौ वर्षीय रिदम, बिर्तामोड–५ का २३ वर्षीय पूर्णबहादुर नेपाली, सोही स्थानकी १८ वर्षीया शितल नेपाली, बाह्रदशी–५ का २१ वर्षीय अभिषेक राजवंशी र झापा गाउँपालिका–२ का १८ वर्षीय श्यमलाल किस्कु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते यात्रुहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र सबैको उपचार भइरहेको छ ।