उदाउँदो सूर्यलाई जल चढाएर छठ पर्व समापन

उदाउँदो सूर्यलाई जल चढाएर छठ पर्व समापन

विराटनगर । उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठपर्व समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो ।

आज बिहानै व्रतालुहरुले नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिए । व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो ।

विराटनगरको सिंघिया नदी, केशलिया नदी, नहर र पोखरीहरुमा निर्माण गरिएको घाटमा पुगेर बिहान अर्घ्य दिएका थिए । विगत वर्षमा जस्तै यस पटक पनि छठ भब्यताका साथ मनाइएको थियो ।