पूर्वमन्त्रीको सहित ६ वटा झोलुङ्गे पुलको ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरू

पूर्वमन्त्रीको सहित ६ वटा झोलुङ्गे पुलको ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरू

विराटनगर । शहरी विकास मन्त्रालय अन्तर्गतकोस्थानीय पूर्वाधार विकास विभागले आइतबार विभागले ६ वटा ठेक्का तोड्नका लागि सूचना नै जारी गरेको छ । कान्छाराम युनिकर्न जेभीकोसहित ६ वटा तोड्न प्रक्रिया विभागले थालेको हो । ६ ठेक्का झोलुङ्गे पुलसँग सम्बन्धित छन् । खोटाङको पिलम्पा, गोरखाको क्योग्मा, झापाको कमल खोला दोभान, झापाकै बिरिङ बाह्रदशी, खोटाङको वुवाखोला, उदयपुरको सुनकोशी दिप्रुङ, गोरखाको धुमी बुधेगरा र धादिङको थुमी बुधेगरा झोलुङ्गे पुल निर्माण गर्न लगाइएका ठेक्का तोड्ने प्रक्रिया थालिएको हो ।

पिलम्पा निगिरी निर्माण सेवा प्रा.लि. निर्माण व्यवसायी रहेको छ भने क्याग्माको हरीहरी शर्मिला जेभी हो । झापाको कमल खोला दोभान झोलुङ्गे पुल निर्माणको जिम्मा लिएको कांग्रेसका नेता पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम÷यूनिकर्न जेभीसंग पनि ठेक्का तोडिने भएको छ ।

ठेक्का तोड्नु अगाडी विभागले १५ दिन समय समेत दिएको छ । यी सबै कम्पनीसँग निर्माणका लागि २०७५, २०७६ र २०७८ मा सम्झौता भएको थियो ।