काठमाडौं । नेपाली क्रिकेट खेलाडीको तस्वीर अंकित हुलाक टिकट सार्वजनिक भएको छ । हुलाक सेवा विभागले सार्वजनिक गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विहिबार विश्व हुलाक दिवसको अवसरमा टिकटमा टाँचा लगाएर सार्वजनिक हुलाक टिकट सार्वजनिक गरेका हुन्।

विश्व हुलाक दिवस २०२५ को अवसरमा सार्वजनिक गरिएको टिकटमा आइसिसी पुरुष विश्वकप र आइसिसी महिला यू–१९ विश्वकपमा सहभागी नेपाली खेलाडीहको तस्वीर समावेश गरिएको छ।

हुलाक सेवा विभागका अनुसार अन्तर्राष्ट्रिय स्तरमा खेलकुदको माध्यमबाट नेपालको पहिचान र कूटनीतिक सम्बन्ध विस्तारमा योगदान पु¥याएका खेलाडीको सम्मान स्वरूप उक्त टिकट प्रकाशन गरिएको हो।

विभागले २०८१ चैत १७ गतेको निर्णयअनुसार १० रुपैयाँ दरको ५ लाख प्रति हुलाक टिकट प्रकाशन गरेको जनाएको छ।

नेपालले सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न नवौं संस्करणको विश्वकपमा सहभागिता जनाएको थियो। नेपाली महिला टोलीले यू–१९ विश्वकपमा पहिलो पटक खेलेर इतिहास रचेको थियो।