विराटनगर । कोशी प्रदेश अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ मा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। उक्त राजमार्ग असार ६ गतेदेखि विभिन्न स्थानमा क्षति पुगेपछि आवतजावत रोकिएको हो।
देशका विभिन्न स्थानमा अविरल वर्षा र बाढीका कारण मुख्य राजमार्गहरु अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान अद्यावधिक विवरण सार्वजनिक गरेको विवरण अनुसारु संखुवासभाको भोटखोला, मकालु गाउँपालिका र बागमती प्रदेश अन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा अवस्थित नेपाल–चीन नाका जोड्ने पुलमा बाढीका कारण असार २४ गतेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

