विराटनगर । आन्दोलनकारीहरुले विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेका छन् । आज मंगलबार प्रदर्शनकारीहरूको समूहले पसलमा प्रवेश गरी सिसा फुटाएका हुन् भने भित्र रहेका सामानहरू समेत छरपस्ट बनाएका छन् ।
केही सामान लुटिएको आशंका गरिएको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ र अवस्था नियन्त्रणमा लिन प्रयास जारी छ ।

