विराटनगर । विराटनगरको पुष्पलाल चोकमा रहेको कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको सालिक आन्दोलनकारीले तोडफोड गरिदिएका छन् ।

आज बिहान आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले पुष्पलालको सालिकमाथि तोडफोड गरेका हुन् ।

जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन देशभर उग्र बन्दै गएको छ । यही क्रममा विराटनगरमा भएको प्रदर्शनका क्रममा सालिक तोडफोडको घटना भएको हो । घटनालगत्तै सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।