विराटनगर । सोमबार भएको जेनजीको प्रदर्शनका क्रममा भएको बर्बर दमनको विरोधमा कोशी प्रदेशको राजधानी विराटनगरको विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।
हिजोको घटनाबाट आक्रोशित युवाहरूले विराटनगरको देवकोटा चोकस्थित प्रदेशसभा अगाडी, महेन्द्र चोक र पुष्पलाल चोकमा सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
जेनजीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा १९ जनको मृत्यु भएको थियो भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।





