विराटनगर । अब बीमा भएका बिरामीलाई उपचारका लागि पहिलो चरणमा प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र हुने व्यवस्था गरिएको छ।
स्वास्थ्य बीमा बोर्डले जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९(६) र नियमावली, २०७५ प्रथम (प्रथम संशोधन) को नियम २(छ) अनुसार अब ‘प्रथम सेवा विन्दु’ केवल सरकारी स्वास्थ्य संस्था मात्र हुने व्यवस्था गरिएको छ।
यो व्यवस्था २०८२ सालको श्रावण १ गतेदेखि लागू हुनेछ। यसपछि सामुदायिक र निजी अस्पतालहरू ‘प्रथम सेवा विन्दु’को रुपमा रहने छैनन्। यस अगाडी भने केहि निजि तथा सामुदायिक अस्पतालले समे प्रथम सेवा विन्दुको सेवा राखेका थिए ।