पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

विराटनगर । पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । उनी कांग्रेस नेता हुन् ।

टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका पूर्वसञ्चारमन्त्री बस्नेतलाई विशेष अदालत आइतबार २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इलसालले आइतबार बयान लिइसकेपछि बस्नेतलाई धरौटीमा छाड्न भनेको हो ।

मक्स घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ व्यक्ति र २ कम्पनीविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो

आइतबार, १५ असार, २०८२, रातीको ०८:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर