संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं । सघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट आइतवार पारित भएको छ ।

विधेयक ०८० फागुन २१ गते सदनमा पेस भएको थियो । सैद्धान्तिक छलफलपछि राज्यव्यवस्था तथा सुुशासन समितिमा पठाइएको थियो ।

गएको असार १ गते समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको थियो । उक्त प्रतिवेदनमा छलफलपछि आइतबार विधेयक पारित भएको हो ।

सभामुख देवराज घिमिरेले संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थानविन्दुको रूपमा आफूले लिएको बताएका छन् ।

आइतबार, १५ असार, २०८२, दिउँसोको ०४:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर