धरानको बजेट अन्योलमा

विराटनगर । स्थानीय तहले असार १० गतेभित्र नगरसभा तथा गाउँ सभा०गरेर बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५३ मा स्थानीय कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको असार १० गतेभित्र नगर र गाउँ सभामा आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने उल्लेख गरिएको छ ।

तर, सुनसरीको धरान उपमहानगरपालिकाको बजेट निर्धारित समयमै आउने सम्भावना का भएको छ । मेयर हर्क साम्पाङले नगर सभाको तयारीको प्रक्रिया समेत शुरू नगरेपछि बजेट अनिश्चित बनेको हो । निर्वाचित भएपछि नै मेयर साम्पाङले धरानमा श्रमदान अभियान चलाइरहेका छन् । पछिल्लो समय भने श्रमदानको विषयलाई लिएर प्रश्न उठेपछि धरानमा तना भइरहेको छ । पछिल्लो समय भने मेयर र उपमेयरबीच तनाब भइरहेको छ । अहिले दुवै पक्षले एकअर्काका विरुद्ध प्रचार गर्दै आइरहेका छन् । केही दिनअघि दुवै पक्षले आ–आफ्ना समर्थक बोलाएर उपमहानगरपालिकामा नै तनाब सिर्जना गरेका थिए ।

मंगलबार नगर सभामा बजेट पेस गर्नुपर्ने भएपनि त्यो सम्भावना नरहेको कर्मचारीहरूले बताएका छन् । अहिलेसम्म नगर सभाको तयारीको प्रक्रिया समेत शुरू नभएको प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंले बताए । बजेटबारे अन्योल रहेको उनको भनाइ छ । नगरका प्रवक्ता सूर्यबहादुर (मनोज) भट्टराईले नगर प्रमुखले स्रोत अनुमान समिति तथा कार्यपालिकाको बैठक नराखेका कारण बजेट अनिश्चित भएको बताए । ‘बजेटबारे कुनै छलफल छैन,’ भट्टराईले भने

सोमबार, ०९ असार, २०८२, साँझको ०७:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर