उदयपुरको चौदण्डीगढीमा दुईजनाको शव फेला

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा रहस्यमय ढंगले दुईजनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार एक युवक र एक बालिकाको शव फेला परेको हो ।

उनले भने, ‘अमलचौरीकै २८ वर्षीय रविन राई र १४ वर्षीय किशोरी मञ्जु राईको शव फेला परेको छ ।’ आज बिहान मञ्जुको शव अमलचौरी गाउँको बाटोमा लडिरहेको र त्यसको दुई सय मिटर दुरीमा रविन झुन्डिएको अवस्थामा फेला परेको घटना स्थलबाट इन्स्पेक्टर राईले जानकारी दिए ।

बिहानै स्थानीयले बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी पुगेर खोजतलास गर्दा दुईसयमिटर नजिक केटा रबिनको शव भेटिएको इन्स्पेक्टर राईको भनाइ छ ।

बुधबार, ०४ असार, २०८२, बिहानको ०९:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर