काठमाडौं । आज सुनको भाउ घटेको छ। मंगलबार सुनको भाउ एकैदिन तोलामा २ हजार ५०० रुपैयाँले घटेको हो। सुनसँगै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदी तोलामा ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो।