‘उत्कृष्ट ढुकुर जोडी’ बन्न ४८ जोडीले दिए निवेदन

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकामा ‘उत्कृष्ट ढुकुर जोडी’ बन्न ४८ जोडीले दिए निबेदन दिएका छन् । पारिवारिक सद्भावना र एकताको जीवन्त उदाहरण खोज्ने उदेश्य लिएर गत जेठ ७ गते नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’को खोजिका लागि आबेदन माग गरेको थियो । ४८ वटा निबेदन परेको न्यायिक समितिका उजुरी प्रशासक निरज न्यौपानेले बताए । निवेदन दिनका लागि नगरपालिकाले सर्त नै राखेको थियो । नगरपालिकाले वडामै निबेदन सुचना निकालेको थियो । ‘४८ जनाको निबेदन परेपनि २७ जोडिको नाम मात्रै वडाले सिफारीस गरेको छ’उजुरी प्रशासक न्यौपानेले भने ‘२१ जेडिको कागजात नपुगेका कारण रद्ध भएको छ ।’

उनका अनुसार उत्कृष्ट ढुकुर जोडी बन्नका लागि अब २७ जनाकै घरमा पुगेर नगरपालिकाले उनीहरुको अबस्था बुझ्ने छ । २१ जनाको भने विवाह दर्ता, बसाइ सराइ लगायतका कागजात नपुगेको नगरपालिकाले जनाएकोसबै भन्दा बढी १२ नम्बर वडामा निबेदन परेको थियो । उक्त वडामा ११ जोडीले निबेदन दिएका थिए । अन्य वडाबाट भने १ देखी ४ जोडिले निबेदन दिएका थिए । २ जना पुर्व प्रधानपंच सहित पुर्व शिक्षक, कृषक, मजदुरले समेत निबेदन दिएको नगरपालिकाका कर्मचारीहरु बताउछन् । निवेदन दिनेको नाम भने नगरपालिकाले खुलाउन मानेको छैन् ।

पछिल्लो समय नगरपालिकाको न्यायिक समितिमा पति–पत्नीबीचको झै–झगडा, लैंगिक हिंसा, गाली बेइज्जती लगायतका मुद्दा बढेपछि यस्ता घटनालाई न्यूनीकरण गर्न उदाहरणीय जोडीलाई सम्मान गर्ने कार्यक्रम ल्याएको थियो ।

नगरपालिकाले तोकेका ११ वटा सर्तहरू राखेको थियो । जसअनुसार विवाह भएको कम्तीमा १० वर्ष भएको हुनुपर्ने, श्रीमान् –श्रीमती दुवैको नेपाली नागरिकता हुनुपर्ने, विवाह दर्ता गरेको हुनुपर्ने, स्थायी रूपमा सुन्दरहरैँचा नगरपालिकामा बसोबास गरेको हुनुपर्ने लायतका शर्त थिए ।

यसैगरी, छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने, नागरिकता बनाउने उमेर पूरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने, विद्यालय जाने उमेर पूरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने, निरन्तर रूपमा संयुक्त परिवारमा (बुवा वा आमा÷सासु वा÷ससुरासँग बसेको हुनुपर्ने । अलग भिन्न नभएको हुनुपर्ने सर्त राखिएको थियो ।

थप सर्तमा बुवाआमा वा सासु ससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, माया ममता गरेको हुनुपर्ने, हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति, लगायतका निकायमा वा समाजमा श्रीमान्–श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने र निरन्तर नेपालमै बसोबास गरेको हुनुपर्ने । विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा २ वर्ष भन्दा बढी नबसेको हुनुपर्ने सर्त राखिएको थियो ।

नगरपालिकाको यो पहलको केहिले विरोध गरेका छन् भने केहिले भने प्रशंसनीय काम भएको बताएका छन् ।

सोमबार, ०२ असार, २०८२, साँझको ०६:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर