बजेटले प्राथमिकता भुलेको विपक्षी दलको आरोप

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेश सरकारले सत्तारुढ दलका नेता तथा कार्यकर्तालाई मात्रै खुसी बनाउने बजेट ल्याएको प्रतिक्रिया दिएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभा बैठकमा ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेपछि आङ्बोको यस्तो टिप्पणी आएको हो ।

पूर्व आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले बजेटले कुनै प्राथमिकता निर्धारण नगरेको र कृषिलाई प्राथमिकता दिएको भनिएपनि बजेट घटाएर उल्टो काम गरेको टिप्पणी गरे । यो बजेट वक्तब्य हेर्दा योजनाहरु कनिका छरेजसरी छरेको अनुभूति भएको भन्दै उनले त्यसले कुनै पनि परिणाम र उपलब्धि हासिल गर्न नसकिने बताए ।

दुईतिहाईको शक्तिशाली सरकारले परम्परा धान्ने खालको मात्रै बजेट ल्याएको भन्दै आङ्बोले भने, ‘बजेट सामान्यतया परम्परा धान्ने खालको मात्रै आएको छ । बजेटले कुनै पनि प्राथमिकता निर्धारण गरेको छैन ।’

संघीयता कार्यान्वयनका हिसाबबाट हेर्दा केन्द्रले. लाखका योजना हालेको भन्दै उनले प्रदेशमा ५० हजारको योजना हालिएको संकेत देखिएको बताए । प्रदेश सरकारले अनुमान गरेको बजेट पनि हावादारी रहेको टिप्पणी गर्दै आङ्बोले स्रोत अनुृमान पुरा नहुने बताए । ‘राजश्य बृद्धिको लक्ष्य पनि पुरा हुने संभावना देखिन्न’ उनले भने, ‘नगद मौज्जादको अनुमान पनि गलत छ ।’

आइतबार, ०१ असार, २०८२, साँझको ०७:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर