कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

विराटनगर । कोशी प्रदेशबाट नै मनसुन पूर्वी एसियातर्फ फर्किएको छ ।यही जेठ १५ गते कोशी प्रदेशबाट मनसुन सुरु भएको थियो । मनसुनको प्रभाव कम हुँदा विराटनगरसहित पूर्वी नेपालमा तापक्रम वृद्धि भएको छ ।

मौसमविद्का अनुसार भोलिदेखि नेपालका केही क्षेत्रमा फेरि बदली हुने सम्भावना छ । नेपालमा सरदर मितिभन्दा १५ दिन अघि मनसुन कोशी प्रदेश भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् ।

मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आएको थियो । । धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगायो । झापामा माइखोलाको बाढीले २२ घर डुबान भएका थिए ।

मङ्गलबार, २८ जेठ, २०८२, साँझको ०५:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर