अमेरिकामा एकै परिवारका चार जना नेपाली मृत अवस्थामा फेला

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मनाससमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । चारै जनाको गोली लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको वासिङटन पोस्टलमा उल्लेख छ । घटनास्थलमा एक हतियार पनि फेला परेको छ।

मृत फेला पर्नेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेको वासिङटन पोस्टले जनाएको छ । बालबालिकाको परिचय भने त्यहाको प्रहरीले सार्वजनिक गरेको छैन ।

घरको तल्लो तल्लामा भाडामा बस्दै आएका उनीहरू बिहीवार मृत अवस्थामा फेला परेको समाचारमा उल्लेख छ । घरवालाले भाडावालहरूको जाँच गर्न प्रहरीलाई अनुरोध गरेपछि उनीहरूलाई मृत फेला परेका थिए ।

प्रहरीले हत्या वा आत्महत्या के हो भन्नेबारे अनुसन्धान गरिरहेको बताएको छ।

शनिबार, २५ जेठ, २०८२, बिहानको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर