बजेट नपरेकोबारे सोध्दा ऋषिकेशका पिएको जवाफ : बसाइँ सरेर अन्तै जानु

विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकिय सचिव बालकृष्ण ढकालले मतदाताहरुलाई गैरजिम्मेवार जवाफ दिएको भन्दै चर्को आलोचना भइरहेको छ ।

ढकालले विभिन्न मन्त्रालयबाट क्षेत्रमा परेका केहि योजनाहरु फेसबुकमा पोस्ट गरेका थिए । उक्त पोस्टमा `हाम्रो ठाउँको बाटोचाहिँ नबन्ने हो ?´ भन्ने प्रश्नमा उनले गैरजिम्मेवार जवाफ फर्काएका हुन् ।

ढकालको पोस्टमा शमशेर मोक्तानले होइन हौ कमरेड, उल्लुघुट्टु-शान्तिपुर बाटो चाहिँ नबन्ने रछ, कुनै नेताले हेरेनन ठिकै छ । ८४ को चुनाव त आउला नि ?´ भन्दै कमेन्ट गरेका छन् । मोक्तान नेकपा एमाले रतुवामाई नगरकमिटी सदस्यसमेत हुन् ।

उक्त कमेन्टको जवाफमा ढकालले उनलाई बसाइँ सरेर अन्तै जानु भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । ढकालले भनेका छन्, `अब घर शान्तिपुरतिर होइन, गाइघाटतिर बसाइँ सार्नुपर्छ हो ।´

ढकालले यस्तो जवाफ दिएपछि धेरैले विरोधमात्र गरेका छैनन् माननीयको पिएको जवाफले उनको क्षमता निर्धारण गरेको र मतदाता चिड्याउने काम गरेको भन्दै आलोचना गरेका छन् । कतिपयले यस्ता जवाफले माननीयकै साख घट्ने तर्क राखेका छन् ।

मोरङ २ बाट निर्वाचित सांसद पोखरेलले केहि समयअघि मात्रै उनलाई स्वकीयसचिव राखेका थिए । उनलाई स्वकीय राख्दा पनि पोखरेलनिकट केही कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका थिए ।

शुक्रबार, २४ जेठ, २०८२, बिहानको ०९:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर