तेस्रो कारोबार दिन पनि घट्यो नेप्से

विराटनगर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्ला दुई दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

बिहीबार नेप्से परिसूचक ५.९९ अंक घटेर २६४०.९६ विन्दुमा झरेको छ । यस दिन फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक बढेको छ । सेन्सेटिभ इण्डेक्स भने यस दिन स्थिर रहेको छ ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब १६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ७७ हजार ६७० पटकको कारोबारमा ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ७१ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन रिभर फल्स पावर, बुटवल पावर कम्पनी र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन बरुण हाइड्रोपावरको शेयरमूल्य पनि करिब १० प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ । कारोबारमा आएको ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य यस दिन सर्वाधिक ९.३० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९१ करोड २३ लाख ९० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन युनिभर्सल पावर कम्पनीको ६४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको साढे ४९ करोडबराबरको शेयर खरिदबिक्री भएको छ ।

बजारका १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.१३ प्रतिशत बढेको छ । कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०४ प्रतिशत घटेको छ ।

बिहिबार, २३ जेठ, २०८२, साँझको ०६:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर