बालिका खोजी गरीदिन परिवारको आग्रह

विराटनगर । हराएको महिना दिन बितिसक्दा पनि हराएकी १६ वर्षीया बालिका फेला नपरेपछि पीडित परिवारले खोजी गरिदिन अपिल गरेका छन् ।

विराटनगर महानगरपालिका १२ स्थायी घर भइ सुन्दरहरैँचा नगरपालिका १२ मा बस्दै आएकी १६ वर्षीया शितल पौडेल गत वैशाख २० गते हराएकी हुन् । हराएको महिना दिन भइसक्दा पनि उनको पत्तो लाग्न सकेको छैन ।

बालिका हराएलगत्तै पीडित परिवारले इलाका प्रहरी कार्यालय, बेलवारीमा उजुरी दिएका थिए । तर बालिकाको अवस्था अहिलेसम्म पनि अज्ञात नै रहेको परिवारका सदस्यहरुले बताएका छन् । उनीहरुले खोजीमा तदारुकता देखाइदिन प्रहरीलाई आग्रह गरिरहेका छन् ।

बुधबार, २२ जेठ, २०८२, साँझको ०५:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर