भेडेटार–रवि–राँके सडक फेरि अवरुद्ध

धनकुटा । अविरल वर्षाका कारण अवरुद्ध भेडेटार रवि राँके सडक खुले लगत्तै फेरि पहिरोले अवरुद्ध भएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–५ को लुम्फाजुङमा झरेको ठूलो पहिरोले भेडेटार–रवि–राँके सडक खण्ड अन्तर्गत भेडेटार–डाँडाबजार सडक मंगलबार बिहानदेखि अवरुद्ध भएको हो ।

शुक्रबार राति परेको भारी वर्षाले भेडेटार–रवि–राँके सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–५ डाँडाबजार, लुम्फाजुङ, कुहिभीर र ढाडेडाँडामा पहिरो गएको थियो । जसका कारण उक्त सडक अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर सोमबार अपराह्नदेखि सञ्चालनमा आएको सडक गए राति लुम्फाजुङमा ठूलो पहिरो खसेर अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले भेडेटार–रवि–राँके सडक अन्तर्गत डाँडाबजार नजिक लुम्फाजुङ्गमा ठूलो पहिरोका कारण अवरुद्ध भएको जानकारी दिए । उनले सडकको पहिरो नहटाउन्जेल वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बताएका छन् ।

निर्माणाधीन भेडेटार–डाँडाबजारको दुरी करिब १२ किलोमिटर रहेको छ । सडकको चौडाहा फराकिलो गर्न माटो कटिङको काम धमाधम भइरहेको छ । वर्षा हुने वित्तिकै पहिरो खस्ने र वाटो अवरुद्ध हुने गरेको छ ।

मङ्गलबार, २१ जेठ, २०८२, साँझको ०६:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर