कोशी प्रदेशले पाउने बजेट घट्यो

विराटनगर । संघीय सरकारले दिने विभिन्न अनुदानको रकम कोशी प्रदेशमा निरन्तर घट्दै गएको पाइएको छ ।
अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरणमा आगामी आर्थिक वर्षमा कोशी प्रदेशलाई चालू आर्थिक वर्षको भन्दा ८ करोड रुपैयाँले रकम कम रकम प्रदान हुने अनुमान गरिएको छ ।

कोशी प्रदेशलाई चालू आर्थिक वर्षका लागि २९ अर्ब ८ करोड ५२ लाख बजेट विनियोजन गरेको थियो । तर, वैशाख मसान्तसम्ममा १९ अर्ब ३७ करोड ७९ लाख मात्रै प्राप्त भएको छ । यसबीचमा राजस्व बाँडफाँड बाहेकको वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान शीर्षकको रकममा उल्लेख्य कटौती भएको छ ।
आगामी आर्थिक वर्षका लागि भने संघीय सरकारले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान (पुँजीगत प्रकृति) गरी २९ अर्ब ६६ लाख मात्रै विनियोजन भएको छ ।

आर्थिक वर्ष २०८०–८१ मा संघीय सरकारले समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान र प्रदेशले पाउने राजस्व गरी २८ अर्ब २ करोड ७५ लाख ३३ हजार प्राप्त भएको थियो ।

गत वर्ष संघीय सरकारबाट समानीकरण र सशर्त अनुदान १४ अर्ब ६३ करोड ५३ लाख ३४ हजार प्राप्त हुने अनुमान गरेको थियो । तर, ११ अर्ब ५६ करोड ८७ लाख २७ हजार अर्थात् ७९.०५ प्रतिशत) मात्रै प्राप्त भएको थियो ।

आर्थिक वर्ष २०७९–८० मा ३० अर्ब ७५ करोड ७७ लाख ८२ लाख प्राप्त भएको थियो भने आर्थिक वर्ष २०७८–७९ मा २९ अर्ब ९६ करोड ६४ लाख ३६ हजार प्राप्त भएको थियो ।

मङ्गलबार, २१ जेठ, २०८२, बिहानको १०:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर