किरात याक्खा छुम्मा विराटनगरको अध्यक्षमा पत्रकार प्रेम देवान सर्वसम्मत निर्वाचित

विराटनगर । किरात याक्खा छुम्मा विराटनगर महानगर समितिको तेस्रो अधिवेशनले सक्रिय पत्रकार प्रेम देवानलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा देवानले नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन् । उनी यसअघि संस्थाको सचिवको भूमिका निर्वाह गर्दै आएका थिए ।
नवगठित कार्यसमितिमा बाल कुमारी याख्खा उपाध्यक्ष, सतिस देवान सचिव, हुविन्द्रराज सहसचिव तथा लिना जिमी कोषाध्यक्षमा चयन भएका छन् । साथै, विक्रम देवान, पुष्प कला देवान, इनद्रमाया राई, शान्ता याख्खा, लक्ष्मी पराजुली याख्खा, चन्द्र, निशा देवान र युनिशा जिमी सदस्य पदमा चयन भएका छन् । अध्यक्षमा निर्वाचित भएका देवानले आफ्नो भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि आफू पूर्ण रूपमा समर्पित हुने प्रतिवद्धता जनाए । उनले किरात याक्खा समुदायको हकहितका पक्षमा काम गर्दै समुदायको एकता र पहिचान सुदृढ पार्न सक्रिय भूमिका खेल्ने बताए ।

शनिबार, १८ जेठ, २०८२, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर