प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशतातर्फ उन्मुख: शेखर

विराटनगर । नेपाली काङ्ग्रेसमा नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति निरंकुशताको सुरूवात भएको बताएका छन् ।

विराटनगरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । काङ्ग्रेसको पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीले जेठ १५ गते काठमाडौ एमालेको नियन्त्रणमा हुनुपर्छ भनेर दिएको अभिव्यक्तिको बारेमा छलफल हुनुको साटो आफ्नो बारेमा छलफल भएको बताए ।

‘मैले सोचेको थिएँ काङ्ग्रेसको बैठकमा प्रधानमन्त्रीको बोलीबारे छलफल हुन्छ । तर, मेरो बारे छलफल भएर मलाई खुसी लाग्यो,’ उनले भने, पार्टी कहाँ पुगेछ भन्ने थाहा भयो ।’

मङ्गलबार, १४ जेठ, २०८२, बिहानको ११:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर