विराटनगर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेपछि शेयर बजार बढ्ने अपेक्षाविपरित सोमबार घटेर बन्द भएको छ ।
जोखिम भार घटेमा लगानीकर्ताको मनोभावना बलियो बन्ने र बजार बढ्ने आँकलन भएपनि नेप्से परिसूचक ५.२१ अंक घटेर २६७४.७६ विन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ०.३७ अंक घटेको छ । फ्लोट इण्डेक्स ०.३२ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक घटेको छ ।
नेपाल राष्ट्र बैंकले सम्बन्धित नीतिलाई सुधारको कदम चाल्न सुरु गर्दा पनि बजारमा उत्साह नदेखिएको हो । बजार इन्ट्रा डेमा नै उतार चढाव भएको थियो । यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । यस दिन ७ अर्ब ५८ करोड ५० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आईतबार ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
यस दिन पनि ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ११२ रुपैयाँ ६० पैसा बढेर एक हजार २३९ रुपैयाँ ३०० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन उपकार लघुवित्तको शेयर मूल्य ६.१९ प्रतिशतले बढेर कारोबार भएको हो ।
कारोबारमा आएका कम्पनीहरु मध्ये गुँरास लघुवित्तकोको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । यसदिन यस कम्पनीको शेयर मूल्य नकारात्मक सर्कित लेभलमा घटेर कारोवार भयो । बाराही हाईड्रोपावर कम्पनीको शेयर मूल्य ९.८५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनीको शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ६४ करोड ३१ लाख हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन न्यादी ग्रुप पावर कम्पनीको ५६ कारोड ३१ लाख रुपैया र यूनिभर्सल पावर कम्पनीको ४५ करोड ३९ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।
बजारका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ । जसमा बैंकिङ र उत्पादन तथा प्रशोधन उपमूह सामान्य रुपमा सकारात्मक भएको हो । त्यसैगरी ११ वटा उपसमूहको सूचक घटेको छ । जसमध्यमा सबै भन्दा धेरै माईक्रोफाइनान्स उपसमूहको परिसूचक घटेको छ । यस समूहको सुचक १.५० प्रतिशतले घटेको हो । व्यापार, विकास बैंक, फाइनान्स, होटल तथा टुरिजम हाईड्रोपावर लगानी, जीवन बीमा, म्युचुअल फण्ड निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक घटेको छ ।