मानगढ खानेपानी निर्वाचनमा लालमणि भट्टराई विजयी

विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा नेकपा एमालेका लालमणि भट्टराई निर्वाचित भएका छन् । शनिबार सम्पन्न पुनः मतदानको परिणाम सोमबार बिहान सार्वजनिक भएको हो ।

मतपरिणाम अनुसार अध्यक्ष पदमा भट्टराईले १ हजार ८८९ मत प्राप्त गरी विजयी बनेका छन् । उनका प्रतिस्पर्धी एमालेकै राम बहादुर घिमिरेले १ हजार १५४ मत र कांग्रेसकी दुर्गा चापागाईले ६३५ मत प्राप्त गरेका छन् ।

कुल ५ हजार ९९८ मतदाता रहेकोमा ३ हजार ९६४ मत खसेको थियो । महिला उपाध्यक्षमा शावित्रा पोख्रेल १२०३ मत ल्याएर निर्वाचित भएकी छिन् । उनी चापागाईकै प्यानलकि हुन् । उनका प्रतिस्पर्धी शावित्रा कुमारी न्यौपानेले ११३९ मत र देविमाया बास्तोलाले ७८८ मत प्राप्त गरेका छन् । खुल्ला उपाध्यक्षमा कांग्रेसका भोलानाथ घिमिरे १ हजार ३६१ मत ल्याएर विजयी बनेका छन् । उपाध्यक्षमा बुद्धिप्रसाद पौडेलले ८५०, रुद्र बहादुर कार्कीले ७०९, कौशिला बन्जरा रेग्मीले ४५० र दामोदर खरालले ९८ मत पाएका छन् ।

सचिव पदमा प्रदिप कुमार नेपालले १ हजार ६७९ मत प्राप्त गरी जित हासिल गरेका छन् । नेपाल लालमणिकै प्यानलका हुन् । सचिवमै नगेन्द्र प्रसाद ढकालले ८४३ र पवन भट्टराईले ७४१ मत पाए ।

कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवार सरोज घिमिरेले ९६५ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षका प्रतिष्पर्धीहरू मध्ये हिरण्य निरौलाले ९२०, राजेन्द्र कुमार पोखरेलले ७४७ र अन्नपूर्ण पोखरेलले ५०८ मत प्राप्त गरेका छन् ।

सोमबार, १३ जेठ, २०८२, बिहानको ०९:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर