यौन व्यवसाय चलाएको आरोपमा पक्राउ

विराटनगर । उदयपुरमा यौनधन्दा चलाउने र संलग्न हुने १३ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार यौनधन्दा चलाउने संलग्नको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध अनुसन्धान गरी सरकारी वकील कार्यालय उदयपुर मार्फत जिल्ला अदालतमामा मुद्दा दर्ता गरिएको हो ।

गएको वैशख १६ गते जाहेरवाला (सांकेतिक नाम गाईघाट ८४९क र गाईघाट ८५९ख) ले नाबालिका छोरी पीडित वर्ष १३ की (सांकेतिक नाम गाईघाट ८४ र पीडित वर्ष १५ की गाईघाट ८५) लाई कानूनको विवादमा परेका वालक (सांकेतिक नाम गाईघाट ८६, गाईघाट ८७) स्थायी घर झापा कन्काई नगरपालिका–४ भएका त्रियुगा नगरपालिका–११ पिपल चोक डेरा गरी बस्ने वर्ष २० को विक्रम तामाङ भन्ने विक्रम रणपहेली (दर्जी), त्रियुगा–११ कै वर्ष १९ की पुर्णिमा राई, सप्तरी हनुमाननगर कंंकाली नगरपालिका–४ घर भएका वर्ष २५ का कुन्दन दासका विरुद्ध मुद्दा दर्ता गरिएको योगीले जानकारी दिए ।

यसैगरी त्रियुगा नगरपालिका–११ स्थितमा रहेको भ्यू प्वाईन्ट होटल र मकालु होटलको कोठामा लगी अपरिचित पुरुष मानिससंग यौन क्रियाकलाम (बेश्याबृती) मा लगाई मानव वेचविखन तथा ओसार पसार गरेको आरोपमा मुद्दा दर्ता गरिएको एसपी योगीको भनाइ छ । उनले भने, ‘पक्राउ परेका माथि उल्लेखित पीडकहरु बिक्रम रण पहेली (दर्जी), कुन्दन दास, पुर्णीमा राई तथा मकालु होटलका संचालक त्रियुगा नगरपालिका–११ का वर्ष ३८ का ललित भण्डारी, भ्यु प्वाईन्ट होटलका संचालिका त्रियुगा नगरपालिका–१० की वर्ष २९ की सम्झना मगर तथा तीन बालक र पाँचजना बालिकासमेत गरी १३ जनालाई पक्राउ गरी मानव वेचविखन तथा ओसारपसार सम्बन्धी मुद्दामा अनुसन्धान गरी हिजो मंगलबार मुद्दा दर्ता गरिएको छ ।’ आरोपित सबै वैशाखमा पक्राउ परेको प्रहरीको भनाइ छ ।

बिहिबार, ०९ जेठ, २०८२, साँझको ०५:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर