विराटनगर । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मुलुकको पहिलो आवश्यकता शान्ति सुरक्षा भएको भन्दै त्यसमा कुनै सम्झौता नहुने बताएका छन् ।
विराटनगरमा बुधबारदेखि सुरू भएको कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा लेखकले यस्तो बताएका हुन् । उनले देशको आन्तरिक सुरक्षा मजबुद भए मात्रै विकास र समृद्धि अघि बढ्न सक्ने बताए ।संविधानले संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था मार्फत प्राप्त गर्ने पहिलो कुरा शान्ति रहेको त्यसपछि मात्रै सुशासन, विकास र समृद्धि रहेको उल्लेख गरेको उनले बताए ।
अहिले सुरक्षा चुनौतिको रूपमा लागूओैषध प्रयोग, सवारी दुर्घटना, आत्महत्या बढ्दो, साईबर अपराधक मुख्य रहेको उनले बताए । उल्लेखित चुनौतिहरू एक अर्कामा सम्बन्धित रहेको भन्दै उनले यसको विरूद्द निर्मम भएर अगाडि बढ्नुपर्ने बताए । उनले अहिले दैनिक १७ जनाले आत्महत्या गरिरहेको तथ्यांक प्रस्तुत गरे ।
यस्तै सेवा प्रवाहमा चुस्त दुरूस्त बनाउनु पर्ने बताउँदै उनले नागरिकले ठूलो आशा नगरेको बताए । सेवा प्रवाहमा नागरिकलाई निराश बनेर फर्कने अवस्था आउन दिन नहुने उनले बताए । ञजनता निराश हुँदैछ भने तपाईंको कारणले हुँदैछझ, उनले भने, ञनागरिकको सेवा प्रवाहमा ध्यान दिनुस ।झ
शान्ति कायम गर्ने भनेको यो व्यवस्थाको रक्षा पनि भएको उनले बताए । व्यवस्था विरोधी गतिविधि र संविधान विरोधी गतिविधि कुनै पनि मानेमा मान्य नहुने उनले बताए । ञलोकतन्त्र, गणतन्त्र फालेर के ल्याउने रु आजको दिनमा जन्मको आधारमा शासन गर्न पाईन्छ रु,झ उनले प्रश्न गर्दै भने, ञजनताको मतको आधारमा वा दक्षताको आधारमा मात्रै शासन गर्न पाईन्छ ।झ आजको युगमा जन्मको आधारमा शासन गर्ने, म फलानोको घरमा जन्मेको आधारमा पाउनु पर्छ भन्ने हुन नसक्ने उनले बताए ।
उनले विपदका घटना कुन बेला के हुन्छ भन्न नसकिने अवस्था नरहेको भन्दै त्यसमा सजकता र मानसिकता बनाएर तयारीका साथ बस्नुपर्ने बताए ।
सिमा क्षेत्रमा तस्करी अत्यन्तै बढेको सुनेको भन्दै उनले तस्करी तुरुन्तै रोक्नु पर्ने बताए । तस्करीको कारण अपराध बढेको, केही मानिस रातारात धनी हुने, राजस्वमा कमी हुने उनल बताए ।
गृहमन्त्री लेखकले तस्करी नियन्त्रणको काम ३० दिनभित्रै अनुभूति हुने गरि रोक्न निर्देशन दिँदै उनले त्यसो नभए गृहमन्त्रालयले अर्को एक्सनमा जाने बताए ।