विराटनगर । कोशी प्रदेश स्तरीय सुरक्षा बैठक बिहीबारदेखि विराटनगरमा सुरु हुने भएको छ । सुरक्षा बैठकमा १४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहने मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जानकारी दिए । सुरक्षा बैठकको लागि मंगलबार गृह मन्त्री रमेश लेखक विराटनगर आउदै छन् । ।
विराटनरस्थित होटल एसियाटिमा सुरु हुने सुरक्षा बैठकमा १४ वटा जिल्लाका सुरक्षा निकायका प्रमु्खहरुले जिल्लागत रुपमा सुरक्षा अवस्थाबारेमा ब्रिफिङ गर्ने र त्यसपछि गृहमन्त्रीले सुरक्षा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
गोष्ठीमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक आइजिपी, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुस्न्धान निर्देशकदेखि जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति हुने कार्यक्रम रहेको छ ।