नवलपुरमा पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्ग नवलपुरको मध्यविन्दु नगरपालिका ७ र ८ नम्बर वडा जोड्ने गिरूवारी खोलाको पुल लचकिएपछि पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ।

सोमबार राति ८ बजेतिर सवारी साधनको भारका कारण चोरमारासस्थित उक्त पुल लच्किएको प्रहरीले जानकारी दिएको छ।

महेन्द्रनगरतर्फ जाँदै गरेको बस पुलको मुखमा बिग्रिएर रोकिँदा पूर्वपश्चिम राजमार्ग एकतर्फी भएको समयमा धेरै सवारी साधन पुलमा जाम भएपछि पुलले भार थाम्न नसकी बीचको भाग केही दबिएको प्रहरीले बताएको छ । वैकल्पिक रुपमा सवारी साधन सञ्चालनको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार, २९ बैशाख, २०८२, रातीको १०:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर