विराटनगर । कोशी प्रदेश सरकारले तीन दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ । जेठ १४,१५ र १६ दिवस मनाउने भएको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवस– २०८२ लाई भव्य रुपमा मनाउन समेत निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा मंगलबार गणतन्त्र दिवस मनाउने तयारी बैठकलाई सम्बोधन गर्दै भव्य बनाउन निर्देशन दिएका हुन् ।
‘दिवसलाई दिवसका रुपमा मात्र होइन यसलाई सबैले अपनत्व गरी मनाउनुपर्छ र गणतन्त्रलाई बलियो र संस्थागत बनाउनका लागि यो दिवस भव्य रुपमा मनाउनुपर्छ,’ उनले भने ।मुख्यमन्त्री कार्कीले गणतन्त्रपछि प्राप्त उपलब्धीलाई आम नागरिकमा जानकारी गराउने र व्यवस्थाप्रतिको भरोसा जगाउन दिवसलाई भव्य रुपमा मनाउन आग्रह गरे ।