रोकिएन नेप्सेको गिरावट

विराटनगर । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

यस दिन नेप्से परिसूचक १५.०८ अंक घटेर २६३१.९८ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ६६ हजार २६५ पटकको कारोबारमा ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार रुपैयाँबराबरको १ करोड ८४ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन ९४ रुपेयाँ ८० पैसा बढेर १ हजार ४२ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ भने नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य ११४ रुपैयाँ ६० पैसा बढेर १ हजार २६१ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, यस दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने राधी विद्युत कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढेको छ । कारोबारमा आएको मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८८ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ८२ करोड ४३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ६२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको करिब साढे ४६ करोडको शेयर किनबेच भएको छ ।

बजारका १३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२२ प्रतिशत घटेको छ । घटेका अरू उपसमूहको गिरावटदर भने १ प्रतिशतभन्दा कम रहेको छ ।

मङ्गलबार, १६ बैशाख, २०८२, साँझको ०६:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर