कुशल नेतृत्वको सफलताले जनताको घरदैलोमा सेवा दिदै सुन्दरहरैंचा

विराटनगर । मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका विगत केही वर्षदेखि विकासको नयाँ युगमा प्रवेश गरेको छ । ग्रामीण र सहरी परिवेश मिश्रित यस नगरपालिकाले आफ्नो समग्र विकासका लागि अघि सारेका योजनाहरू र तिनको कार्यान्वयनबाट यस क्षेत्रको कायापलट भइरहेको देखिएको छ । आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ को वार्षिक प्रगति प्रतिवेदनहरूले यहाँको विकासको गतिलाई प्रष्ट पार्दछ ।

पूर्वाधार विकासः शहरीकरणको आधारशिला

सुन्दरहरैंचा नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक निर्माण र स्तरोन्नतिमा उल्लेखनीय प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ को अवधिमा कालोपत्रे सडक निर्माणमा क्रमशः ६.७ र ८.६९ किलोमिटर गरेर १५.३९ किलोमिटर सडक कालोपत्रे गरेको छ । १५ किलोमिटर भने नगरपालिकाको आन्तरिक स्रोतबाट गरिएको हो । बाह्य स्रोतबाट नगरपालिकाले १७.३ किलोमिटर कालोपत्रे गरेको हो । वर्षमा दुई–चार किलोमिटर मात्रै कालोपत्रे गर्ने स्थानीय तहले भने विकासमा चुनौति दिएको छ । ११ किलोमिटर भन्दा बढी त नगरपालिकाले कालोपत्रे सडकनै मर्मत गरेको छ । ४४.६६५ किलोमिटर सडक ग्राभेल गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

ड्रेन निर्माणमा पनि यस पालिकाले दुई आर्थिक वर्षमा ११.८ किलोमिटर प्रगति गरेको छ । सडक पुल निर्माण, सडक ग्राभेल र खोला तटबन्धन जस्ता आयोजनाहरूबाट नगरका विभिन्न वडाहरूमा यातायात सहजता ल्याइएको छ । आन्तरिक स्रोतबाट २.४ किलोमिटर र बाह्य स्रोतबाट ३.५ किलोमिटर खोला तटबन्धनको कार्यक्रम समेत नगरपालिकाले गरेको छ ।

पहिले हिउँदमा धुलो र वर्षामा हिलो हुने बाटो अहिले कालोपत्रे भएपछि खुसी भएका छन् स्थानीयहरु । “हाम्रो जीवन सजिलो भएको छ,” स्थानीय कल्पना ढकालले बताइन् । “घरदेखि मुख्य बजारसम्म २० मिनेटमै पुग्न सकिन्छ, जुन पहिले १ घण्टा लाग्थ्यो,”उनले भनिन् ।

४८ करोड रुपैयाँको लगानीमा विश्व बैंकको सहयोगमा वडा नं. ६, ७ र ८ मा पुर्वाञ्चल–विश्वविद्यालय–गोठगाउँ सडक तथा महेश्वर सुब्बा मार्गको काम भइरहेको छ । यो सडकको स्तरोन्नति कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले सम्उद्घाटन गरेका थिए । दुबै तर्फ ड्रेन सहित निर्माण हुने यो सडक नगरकै नमुना हुने नगरपालिकाले जनाएको छ ।

यस्तै १० करोडको लागत अनुमानमा सुन्दरहरैंचा नगर अस्पतालको नयाँ प्रशासनिक भवन निर्माण कार्य शुरु भएको छ । भारतीय दूतावासको सहयोगमा रु. ३ करोड २८ लाख ८९ हजारमा ठेक्का सम्झौता भई पंचायत माध्यमिक विद्यालय गोठगाउँमा नयाँ आधुनिक विद्यालय भवन निर्माण कार्य सुरु भएको छ ।

साथै, नगरपालिका क्षेत्रभित्रका सामुदायिक आधारभूत विद्यालयहरू मध्ये नमुना विद्यालय निर्माण अभियान अन्तर्गत हरेक आ.व.मा २ वटा आधारभूत विद्यालयहरू छनौट गरी भवन निर्माण र शैक्षिक अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।
नगरपालिकाले सुन्दरहरैचा ७ को साजिलालमा विद्यालयको जग्गा भाडामा लिएर १ करोड ७० लाख रुपैयाँ लगानिमा शीत भण्डारण गृह निर्माण सकेर संचालनका लागि ठेक्का आव्हान गरेको छ । १, ३, ५, ९ र ११ नम्बरका वडा कार्यालयका भवन निर्माण गरेर सोही वडाबाट सेवा दिन थालेको छ । भेटेरिनरी अस्पताल निर्माणको अन्तिम चरणमा रहेको समेत नगरपालिकाले जनाएको छ ।

खेलकुद क्षेत्रको विकासका लागि खेलकुदसँग सम्बन्धित संस्था तथा क्लबहरूलाई निरन्तर रूपमा आर्थिक सहायता तथा खेलकुद सामग्रीहरू उपलब्ध गराइएको मेयर केदार गुरागाईले बताए । नगरपालिकाले मेयर कप फुटबल र उपमेयर कप भलिबल प्रतियोगिता आयोजना गरेर स्थानीय खेलाडीहरूको प्रोत्साहन गरिरहेको छ ।

आर्थिक विकासः स्थानीय अर्थतन्त्रको सुदृढीकरण

सुन्दरहरैंचा नगरपालिकाले आर्थिक विकासका लागि विशेष पहल गरेको छ । उद्यमशीलता विकास तालिम मार्फत ७ जनालाई सीप हस्तान्तरण गरिएको छ भने मध्यम स्तरको रोजगारीका लागि १०० दिनको रोजगारी ४१३ जनालाई उपलब्ध गराइएको छ । कृषि क्षेत्रलाई बढावा दिन चैते धान, मकै खेती उद्यम कार्यक्रम, बीउ उत्पादन कार्यक्रम, बीउ वितरण, कृषकलाई अनुदान वितरण जस्ता कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिएका छन् । पकेट कार्यक्रम अन्तर्गत २८ सहकारी समूह र व्यक्तिलाई १३,१४२ के.जी. उन्नत धान वितरण गरिएको छ ।

यहाँका किसानहरु पनि खुसी भएका छन् । रेबिज रोग नियन्त्रण कार्यक्रम अन्तर्गत १२ वटा वडाका पशु तथा कुखुरा पालक कृषकका पशुहरूलाई खोप लगाइएको छ । साथै, हिउँदे तथा वर्षे मौसमको बीउ वितरण कार्यक्रमले किसानहरूलाई मौसम अनुसारको खेतीपातीमा सहयोग पुगेको छ ।

सामाजिक विकासः शिक्षा र स्वास्थ्यमा फड्को

सामुदायिक विद्यालयको शिक्षा प्रणाली सुधार गर्नका लागि लामो समयदेखि अध्यक्ष नभएका नगरपालिकाका विद्यालय व्यवस्थापन समितिहरू गठन गरी प्रभावकारी रूपमा काम गर्ने वातावरण नगरपालिकाले सिर्जना गरेको छ । शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने शिक्षकहरूको समूह निर्माण गरी नियमित रूपमा विद्यालय अनुगमनको व्यवस्था समेत मिलाएको छ ।

भारतीय दूतावासको सहयोगमा रु. ३ करोड २८ लाख ८५ हजारमा पंचायत माध्यमिक विद्यालय गोठगाउँको नयाँ आधुनिक विद्यालय भवन निर्माणको कार्य शुरु भएको छ । साथै, नगरपालिका क्षेत्रभित्रका सामुदायिक आधारभूत विद्यालयहरू मध्ये नमुना विद्यालय निर्माण अभियान अन्तर्गत हरेक आ.व.मा २ वटा आधारभूत विद्यालयहरू छनौट गरी भवन निर्माण र शैक्षिक अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।

स्वास्थ्य क्षेत्रमा सुन्दरहरैंचा नगर अस्पतालले बेवारिसे तथा अति विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेको छ । नगर अस्पतालबाट औषधि उपचार सेवा समेत उपलब्ध छ । गम्भीर प्रकृतिका बिरामीहरूको उपचारका लागि १२७ जनालाई आर्थिक सहयोग नगरपालिकाले प्रदान गर्ने गरेको छ ।

गर्भवती महिलाहरूलाई नियमित चेकजाँच गराउन प्रोत्साहित गर्दै निःशुल्क एम्बुलेन्स जस्ता अत्यावश्यकीय सेवा प्रदान गर्दै आएको छ । नगरपालिकाको वार्षिक समिक्षामा पर्ने ३०० भन्दा बढी मुद्दाहरू न्यायिक समिति र त्यो मातहतका मेलमिलाप केन्द्रहरू मार्फत फछ्र्यौट गरिएको उपप्रमुख तथा न्यायिक समितिकी संयोजक अकली चौधरीले बताइन् ।

प्रशासनिक सुधारः आधुनिकीकरण र सेवा प्रवाहमा सहजता

सुन्दरहरैंचा नगरपालिकाको सबैभन्दा उल्लेखनीय उपलब्धि भनेको सेवा प्रवाहमा आएको सुधार हो । सूचना प्रविधि मैत्री प्रशासन निर्माण गर्दै नगरपालिकाले आफ्नो सम्पूर्ण सेवालाई डिजिटलाइज गरेको छ ।

नगरपालिकामा सूचना प्रविधि अधिकृत नभएको अवस्थामा सूचना प्रविधि अधिकृतको विज्ञापन मार्फत नियुक्ति गरी कामकाजमा खटाइएको छ । क्यूआर कोड प्रणाली र अनलाइन टिकेटिङ सिस्टम (त्यपभल) स्थापित गरी छिटो र भरपर्दो सेवा प्रवाहको व्यवस्था मिलाइएको छ । घरमै बसेर जनतालाई कर तिर्ने व्यवस्थापन गर्ने सुन्दरहरैचा नगरपालिका नेपालको पहिलो हो ।यस नगरपालिकाले आ.व. २०८०-०८१ मा राजश्व संकलनका लागि परदेशी अभियान सञ्चालन गरी ३५ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । नगरपालिकाको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (इ७ः) गरी नगर सभाबाट पारित भई नयाँ संगठन तथा व्यवस्थापन संरचना लागू गरेको छ । आ.व. २०८१-०८२ देखि नगरपालिकाको राजश्व प्रणालीमा सुधार गर्न नेपाल सरकारको समर्थनमा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (क्गत्च्ब्) आंशिक रूपमा लागू गरी आ.व. २०८२-०८३ देखि पूर्ण रूपमा लागू गर्ने जनाएको छ ।

नेपालको संविधानले स्थानीय सरकारलाई दिएको अधिकारको कार्यान्वयन गर्न विश्व बैंकबाट नेपालमा ३ वटा नगरपालिकाहरू छनौट भएकोमा सुन्दरहरैंचा नगरपालिका पनि एउटा भई स्थानीय तहको मालपोत कार्यालय र नापी कार्यालय स्थापना गर्ने ( कार्य शुरु हुने अवस्थामा रहेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले भने, “हामीले छोटो समयमा नै धेरै काम गर्न सफल भएका छौं । आगामी वर्षहरूमा सुन्दरहरैंचालाई कोशी प्रदेशकै नमुना नगरपालिका बनाउने हाम्रो लक्ष्य छ ।“

मिति २०८३ ।०३ ।०९ गतेसम्ममा पूर्ण रूपमा बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिबद्धता जाहेर गरी सो सम्बन्धी आवश्यक कार्यहरू भइरहेको नगरपालिकाले जनाएको छ । यस अघि नै मिति २०८० जेठ १३ गते नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको थियो । साथै नगरपालिकालाई बाल मृत्युदरमा शून्य नगरपालिका र पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने योजना पनि रहेको छ ।

विगतका उपलब्धिहरू र आगामी योजनाहरूलाई हेर्दा सुन्दरहरैंचा नगरपालिका कोशी प्रदेशको एक नमुना स्थानीय सरकारको रूपमा स्थापित भइरहेको छ भन्दा फरक नपर्ला । स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, जनप्रतिनिधि र कर्मचारीबीचको सुमधुर सम्बन्ध, र जनताप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै नगरपालिकाले विकासको गतिलाई निरन्तरता दिइरहेको छ ।

केदार गुरागाईको नेतृत्वमा यो पालिका आएसँगै नगरमा कानुनी शासन र सुशासन प्रभावकारी बनाउन सार्वजनिक सेवा प्रवाहका लागि हालसम्म १४ वटा ऐन, ६ वटा नियमावली, १८ वटा कार्यविधि, २ वटा निर्देशिका र २ वटा मापदण्ड गरी ४२ वटा कानुन निर्माण गरेको छ । कक्षा १ र २ का लागि स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तक “हाम्रो सुन्दरहरैचा”बनाएको छ । नगरपालिकालाई बाल मृत्यु दर शून्य नगरपालिका घोषणा समेत गरेको छ । २८ करोड रुपैयाँ पेश्की फछ्र्यौट गर्नका लागि महालेखा परीक्षणको कार्यालयमा पेश भइसकेको जनाइएको छ । ९ करोड ९४ लाख ५२ हजार ४० रुपैयाँको सम्परीक्षण भइरहेको जनाएको छ ।

चुनावी घोषणापत्रमा प्रतिबद्ध छन् मेयर

मेयर केदार प्रसाद गुरागाईले चुनावका बेला गरेका प्रतिबद्धता बिर्सेका छैनन् । उनले चुनावका बेला नगरपालिकालाई प्रविधि मैत्री बनाउने घोषणापत्रमा उल्लेख गरेका थिए । घरबाट नै कर तिर्ने व्यवस्था मिलाएका छन् । अन्य पालिकाहरुमा प्रमुख–उपप्रमुखका लागि छुट्टै गोप्य कोठा बनाउने गरिएको छ । तर उनले भने त्यो गोप्य कोठा हटाएका छन् । गोप्य कोठामा कर्मचारी राखेका छन् । “हामीले सडकमा बसेर काम गर्ने हो,”उनले भने, “हामीले सेवा सुविधा धेरै खोज्यौँ भने त्यसको सन्देश राम्रो जाँदैन । नगरपालिका सार्वजनिक थलो हो । यहाँ गोप्य भन्ने कुरा नै हुँदैन । अरुले सुन्नै नहुने भन्ने विषय हुँदै हुँदैन ।”मेयर गुरागाईले भने गरिबहरुलाई घर समेत बनाइदिएका छन् । १५० वटा घर बनाइदिएका छन् ।

शनिबार, १३ बैशाख, २०८२, दिउँसोको ०३:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर