विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको एभरेष्ट स्कुलले शैक्षिक गुणस्तर हरेक दिन वृद्धि गर्दै अघि बढेको छ । विराटनगर–५ स्थित यो विद्यालयले स्थापनाको ३१ वर्षमा आइपुग्दा करिब तीन हजार विद्यार्थीलाई एकसाथ अध्यापन गराउँदै आएको छ ।
प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन गराउँदै आएको यस विद्यालयले अन्तर्राष्ट्रिय स्तरका भौतिक पूर्वाधार निर्माण मात्र गरेको छैन, शैक्षिक गुणस्तरमा पनि आफ्नो उडान कायमै राखेको छ । २०६८ सालदेखि यता पटक–पटक उत्कृष्ट हुँदै सरकारबाट प्राप्त गरेका राष्ट्रिय तथा क्षेत्रीय पुरस्कारले समेत यसको पुष्टि गरिसकेको छ ।
२०७२ सालबाट कक्षा ११ र १२ को अध्यापन सुरु गरेको एभरेष्टले प्लस टुतर्फ पनि उस्तै उपलब्धि हासिल गर्दै आएको छ । प्रारम्भमा नै व्यवस्थापन संकायतर्फको पहिलो ब्याचकी छात्रा सुनिधि केसी नेपाल प्रथम हुनुभएको थियो भने सोही वर्ष विज्ञान संकायतर्फ अनिश भण्डारीले प्रदेशकै उत्कृष्ट नतिजा ल्याउनुभयो । दोस्रो ब्याचमा पनि एभरेष्टका आगात पोखरेल प्रदेश प्रथम भएर कलेजको उत्कृष्ट शिक्षण सिकाइलाई पुष्टि गर्नुभयो । यस्तै २०७५ सालमा देशभरकै संस्थागत विद्यालयबाट उत्कृष्ट दोस्रो हुँदै एभरेष्ट नेपाल सरकारबाट पुरस्कृत भयो ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा मन्त्रालयले प्रदान गर्ने पुरस्कार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गर्नुभएको थियो । “यसरी पटक–पटक पुरस्कृत हुँदै आएपछि यसको गरिमा राख्न हामीले निरन्तर मेहनत गरिरहेका छौं,“ प्रिन्सिपल पुरीले भन्नुभयो, “अहिले एभरेष्टका सयौं विद्यार्थी, डाक्टर, इन्जिनियर, कानुनलगायतका जुन क्षेत्रमा प्रवेश गरेपनि अब्बल भएको सुन्न पाउँदा अत्यन्तै खुशी लाग्छ ।“
प्रविधि, सीप र संस्कारलाई एकसाथ व्यवहारमा लागु गर्दै अध्यापन गराउँदै आएको स्कुलले विद्यार्थी तथा अभिभावकको मन समेत उसैगरी जित्दै गएको छ । तीन विघा क्षेत्रफलमा अत्याधुनिक संरचनाले भरिपूर्ण एभरेष्ट कलेज शान्त तथा पर्यावरणीय हिसाबले पनि अब्बल देखिन्छ । मुख्य प्रवेशद्वारबाट भित्र छिर्ने बित्तिकै देखिने हरिया बोटबिरुवा तथा फूलबारीले मन प्रसन्न हुने यस कलेज परिसरभित्र रहेका फुटबल, भलिबल मैदान, बास्केटबल कोर्ट, कबर्डहल तथा अन्तर्राष्ट्रियस्तरको स्विमिङपुलले विद्यार्थी तथा अभिभावकलाई उसैगरी लोभ्याउने गरेको छ ।
विद्यार्थीका रुचिअनुसारका जुनसुकै खेलकुदका गतिविधिमा सहभागी हुने वातावरण मात्र नभई नियमित प्रशिक्षकबाट प्रशिक्षणको व्यवस्था मिलाएको एभरेष्ट कलेजले शिक्षण सिकाइमा पनि विभिन्न नवीन प्रयोगहरु गर्दै आएको छ । व्यवहारिक तथा प्रयोगात्मक रूपमा अध्यापन गराउनुपर्छ भन्ने मान्यता राख्ने कलेज प्रमुख टिकाराम पुरीले प्रविधिको यस युगमा विश्वस्तरीय जनशक्ति उत्पादन गर्न प्रविधिको अधिकतम प्रयोग गर्ने वातावरण बनाइएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर ज्ञान दिन बेलायतको डिजी स्कुलको कोर्स अध्यापन गराउँदै आएको एभरेष्टले विद्यार्थीहरुलाई खुशी रहन अभिप्रेरित गर्न ह्यापिनेस एजुकेशन समेत सञ्चालन गर्दै आएको छ । सामाजिक मूल्यमान्यतामा आएको ह्रास, मानिसमा बढ्दै गएको निराशा, एक्लोपन जस्ता समस्यालाई न्यूनीकरण गर्न ह्यापिनेस एजुकेशनको कक्षा सञ्चालन गर्दै आएको छ भने आफ्नै मोरल भ्यालु करिकुलम पनि अध्यापन गराउँदै आएको छ । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्टले शैक्षिक ज्ञानसँगै हरेक व्यक्तिलाई “म को हुँ र मेरो दायित्व के हो?“ भन्ने समेत सिकाउने गरेको बताउनुभयो । “हामीले एउटा उत्कृष्ट शिक्षण संस्थाका लागि चाहिने सबै वातावरण बनाएका छौं, त्यसको प्रतिफल हाम्रा विद्यार्थीले हासिल गरेका उपलब्धि र उनीहरुको व्यक्तित्वले पुष्टि गर्दै लगेको छ ।“ वातानुकुलित प्रत्येक कक्षाकोठामा बसेर अध्ययन गर्ने वातावरण मात्रै नभई कम्प्युटर र प्रोजेक्टरको माध्यमबाट अध्यापन गराउँदै प्रविधिको समेत उच्चतम प्रयोग गरेको छ ।
फिजिक्स, केमेष्ट्री र बायोलोजीका लागि बनाइएका ल्याब, नव प्रवद्र्धनका लागि बनाइएको इनोभेसन सेन्टर, कम्प्युटर ल्याबले अध्ययनमा रुचि राख्ने सबै विद्यार्थीलाई मोहित पार्दछ । अनुभवी प्राध्यापकहरुबाट एउटा कक्षामा ३५ जना मात्र अध्यापन गराउँदै आएको एभरेष्टले प्रत्येक विद्यार्थीलाई नजिकबाट गाइड गर्दै आएको छ । यस्तै कक्षा ११ र १२ अध्यापन गराउँदै गर्दा विद्यार्थीहरुको रुचिअनुसार प्रि–इन्जिनियरिङ र प्रि–मेडिकलका भौतिक तथा भर्चुअल कक्षा सञ्चालन गर्दै आएको छ । यस्तै विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापमा लाग्न समेत प्रेरित गर्दै आएको छ ।एसईई दिएका विद्यार्थीलाई एभरेष्टमा
निःशुल्क ब्रिज कोर्स
विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कूलले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क ब्रिज कोर्सको कक्षा सञ्चालन गर्ने भएको छ । वैशाख ७ गतेदेखि सुरु हुने ब्रिज कोर्समा एभरेष्ट स्कुलका विद्यार्थीसँगै अन्य विद्यालयबाट एसईई दिएका करिब ३०० विद्यार्थीलाई निःशुल्क कक्षा सञ्चालन गर्ने प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो । उहाँका अनुसार ब्रिज कोर्समा व्यवस्थापन र विज्ञान संकायका शैक्षिक पाठ्यक्रमसँगै अन्य विभिन्न क्रियाकलापसमेत गराइनेछ । एआई प्रोग्रामिङ, रोबोटिक्स कक्षा, अंग्रेजी भाषा कक्षा, फुटबल, पौडी तथा बास्केटबलका समेत कक्षाहरु सञ्चालन हुनेछन् । “यो ब्रिज कोर्सले विद्यार्थीहरुलाई अबको अध्ययन कसरी अघि बढाउने भन्ने विषयमा मात्र उत्प्रेरणा जगाउँदैन,“ प्रिन्सिपल पुरीले भन्नुभयो, “यसले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि सक्रिय सहभागिता जनाउन प्रेरित गर्छ ।“ यस्तै उच्च शिक्षाको लागि पाइला अघि चाल्दै गर्दा शिक्षण संस्थाको भौतिक पूर्वाधार र शैक्षिक वातावरणको अध्ययन गरी शिक्षण संस्था चयन गर्न समेत सघाउ पुग्ने प्रिन्सिपल पुरीले विश्वास व्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रियस्तरको शैक्षिक वातावरणका लागि विभिन्न क्षेत्रसँगको सहकार्य
सफल व्यक्तित्व निर्माण गर्ने आधारस्तम्भको रूपमा रहने विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिनुपर्ने मान्यता राख्ने एभरेष्ट स्कुलले त्यसका लागि विश्वस्तरीय विभिन्न संघसंस्थाहरुसँग सहकार्य गर्दै आएको छ ।
कम्प्युटर कोर्षमा अब्बल बनाउन बेलायत (यूके) को कम्प्युटर कोर्स ’डिजी स्कुल’सँग सहकार्य गरेको छ । डिजी स्कुलसँगको सम्झौतापछि युकेको एनसीसी प्रमाणित कोर्स अध्यापन हुँदै आएको छ ।
प्रविधि, सीप र संस्कारलाई दीर्घकालीन लक्ष्य बनाएर अघि बढेको एभरेष्टले दिल्लीमा सफल प्रयोग भएको ह्यापिनेस एजुकेशन समेत अध्यापन गराउँदै आएको छ । जसले विद्यार्थीलाई आफ्नो कर्तव्य बोध गराउँदै खुशी रहन प्रेरित गर्दछ ।
विद्यार्थीलाई तनावमुक्त रहन, सकारात्मक सोचको विकास गर्न, सामाजिक सद्भाव कायम गर्न र आफ्नो जीवन सार्थक बनाउन अभिप्रेरित गर्ने विद्यालयले जनाएको छ । विद्यार्थीहरु विज्ञानसँग सम्बन्धित खोज, अनुसन्धानमा क्रियाशील रहुन् भन्ने उद्देश्यका साथ एभरेष्टले कार्यशालासँग सहकार्य गरेको छ । यसले प्रयोगात्मकरूपमा विद्यार्थीलाई अन्वेषण गर्न अभिप्रेरित गर्दछ । यसैगरी बालबालिकालाई सानैदेखि व्यवहारिक शिक्षा प्रदान गर्न रातो बंगलासँगको सहकार्य गरी हरेक शिक्षकलाई तालिम प्रदान गर्दै सोही अनुसार अध्यापन गराउँदै आएको छ ।
अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरुको सक्रिय सहभागिता हुनुपर्छ भन्ने मान्यताका साथ एभरेष्टले हरेक विद्यार्थीले कम्तीमा २ वटा विषयका अतिरिक्त क्रियाकलापमा अनिवार्य सहभागिता जनाउनुपर्ने वातावरण बनाएको छ । हरेक खेलकुद र गीत–संगीतका लागि दक्ष प्रशिक्षकमार्फत नियमित प्रशिक्षण गराउने यस विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रतियोगितामा अब्बलता प्रमाणित गर्दै आएका छन् ।
एभरेष्टले विद्यार्थीहरु स्वयम्सेवी भूमिकामा समेत लागून् भन्ने उद्देश्यले नेपाल स्काउटसँग सहकार्य गरेको छ । जसमा सयौं विद्यार्थीहरुले सहभागिता जनाउने गरेका छन् । विपद्का बेला आफू सुरक्षित रहेर अरुको उद्धार गर्न र परेका बेला सामाजिक क्षेत्रमा स्वयम्सेवीको भूमिका निर्वाह गर्न स्काउटले सिकाउने गरेको छ ।
यसैगरी अतिरिक्त क्रियाकलापका कारण शैक्षिक गुणस्तर कम नहोस् भन्न एभरेष्टले ’माई सेकेन्ड टिचर नेपाल’सँग सहकार्य गरेको छ । कक्षाकोठामा शिक्षकले भौतिक रूपमा अध्यापन गराउँदै जाँदा विद्यार्थीले छुटाएको भएपनि त्यसलाई परिपूर्ति गर्न माई सेकेन्ड टिचरले पूरा गर्ने विद्यालयले जनाएको छ । विश्वका चार दर्जन बढी मुलुकमा लागु भइरहेको माई सेकेन्ड टिचर एभरेष्टमा गत वर्षदेखि लागु गरिएको हो । जसमा क्याम्ब्रिजको शिक्षण विधिलाई नेपाली पाठ्यक्रमअनुसार अवलम्बन गरिएको छ । यस विधिमा विद्यार्थीहरुले प्रत्येक विषयका पाठ्यक्रमलाई डिजिटल माध्यमबाट अध्ययन गर्न पाउँछन् भने नबुझेसम्म दोहोर्याएर अध्ययन गर्न सक्नेछन् ।
नेतृत्व विकासका लागि विभिन्न क्रियाकलाप
एभरेष्टले विद्यार्थीहरुलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने हुनुपर्छ भन्दै विभिन्न क्रियाकलाप समेत गर्दै आएको छ । लोकतान्त्रिक पद्धतिबाट नेतृत्व कसरी चयन हुन्छ भन्ने सिकाउन मतदानको प्रक्रियाबाट मनिटर, क्लास हेडहरु निर्वाचित गराउँदै आएको छ ।
यस्तै विभिन्न समयमा गरिने सेमिनार र विद्यार्थीहरुले गर्ने आलोपालो प्रस्तुतिले आफ्ना कुरा राख्न सक्ने क्षमताको विकास गर्दै लगेको छ । यस्तै कार्निभल, अभिभावक दिवस, विभिन्न प्रदर्शनी र सांगीतिक कार्यक्रममार्फत विद्यार्थीहरुलाई समूहमा काम गर्न सिकाउने र नेतृत्व गर्न सिकाउने वातावरण बनाउँदै आएको छ ।






