नेकपा एस कोशीले सुखानीमा स्थापना दिवस मनाउने

झापा । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश कमिटीको आयोजनामा बैशाख ९ गते सुखानी शहिद सहादत स्थलमा पार्टी स्थापना दिवस मनाउने भएको छ ।

भर्खरै निर्वाचित पार्टीको प्रदेश कमिटीको आयोजना र झापा जिल्ला कमिटीको व्यवस्थापनमा स्थापना दिवस कार्यक्रम गर्न लागिएको प्रदेश कमिटी अध्यक्ष सरिता खड्काले जानकारी दिइन् । उनका अनुसार सो दिन प्रदेश कमिटीका सम्पूर्ण सदस्यहरु, झापा, इलाम, मोरंग, सुनसरी र अरु जिल्लाका कार्यकर्ताहरुको बिशेष सहभागिता रहने छ । त्यसका लागि पार्टीको झापा जिल्ला कमिटीको पदाधिकारी बैठक बसी योजना बनाइएको प्रदेश कमिटी सदस्य तीर्थ सिग्देलले बताए ।

पार्टी प्रदेश कमिटीले कोशीमा पार्टी निर्माण र विस्तारका लागि योजना बनाउन लागेको र त्यसको अभियान रुपमा सुखानीबाट सुरुवात हुने प्रदेश कमिटी अध्यक्ष खड्काले बताइन ।

आइतबार, ०७ बैशाख, २०८२, साँझको ०५:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर