विराटनगर । सुनसरी देवानगञ्ज गाउँपालिकामा आज साँझ अज्ञात समूहले चलाएको गोलीले एक व्यक्ति घाइते भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीमबहादुर दाहालका अनुसार, घटना सुनसरी सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नं २ मा साझ ६ः४५ बजे भएको हो ।
प्रहरीले जनाए अनुसार, अज्ञात समूहले मोटरसाइकलमा आएर तीन राउन्ड गोली प्रहार गरेको थियो । गोली प्रहारबाट शिवकुमार महतो घाइते भएका छन् । उनलाई कम्मरदेखि मुनि गोली लागेको प्रहरीले पुष्टि गरेको छ।
घटनापछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ । घटनाको कारण र अभियुक्तहरूको पहिचान सम्बन्धी थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । शिवकुमारको भने नोवेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।