बस्ती नजिकै धनकुटाको दुई वटा सामुदायिक बनमा भिषण आगलागी

विराटनगर । धनकुटाको दुई वटा सामुदायिक बनमा आगो लागेको छ । धनकुटा नगरपालिका–५ स्थित बडहरे सामुदायिक बन र वडा नं. ७ मा चुली बनमा आगो लागेको हो ।

बिहीबार दिउँसोबाट सुरु भएको आगो अझै नियन्त्रण हुन सकेको छैन । आगो बढ्दै गएकाले जलाधार क्षेत्रमा रहेको बस्ती जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नयाँ उपरीक्षक ओम प्रकाश खनालले बताए । खनालका अनुसार यो बस्ती जंगलबाट दुई अढाई सय मिटर पर रहेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन्।

सडक नहुँदा दमकल आगलागी क्षेत्रमा पुग्न नसकेको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बिहिबार, २० चैत, २०८१, रातीको ०९:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर