रवीन्द्र र धवलसहित ४१ जनालाई थप ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरासहित ४१ जनालाई काठमाडौं जिल्ला अदालतले आपराधिक उपद्रव र संगठित अपराधमा ७ दिन थुनामा राख्न अनुमति दिएको छ

न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई बुधबार थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको आन्दोलन भड्काएको, तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

उक्त घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईं भने फरार छन् ।

अदालतले रवीन्द्र र धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्धको कसुर गरेको आरोपमा दोस्रोपटक थप ७ दिन थुनामा राख्ने अनुमति दिएको हो ।
११ जनाविरुद्ध राज्यविरुद्ध कसुरको राजद्रोह मुद्दा र संगठित अपराध मुद्दामा अनुसन्धान गर्ने गरी मुद्दाको उठान भएको छ ।​​

काफ्लेका अनुसार राज्यविरुद्धको राजद्रोह मुद्दामा अधिकतम २५ वर्ष कैद र संगठित अपराध मुद्दामा त्यसको आधा कैद सजाय हुने प्रावधान छ ।

बुधबार, १९ चैत, २०८१, साँझको ०६:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर