बुद्धिजीवी परिषद् मोरङमा पोखरेल

विराटनगर । नेपाल बुद्धिजीवी परिषद् मोरङको अध्यक्षमा डा.डिल्ली पोखरेल निर्वाचित भएका छन् । परिषद्को शनिबार अबेर सम्पन्न दशौध्ं जिल्ला अधिवेशनले पोखरेललाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

त्यसैगरी अधिवेशनले उपाध्यक्षमा रीता पाठक दाहाल, सचिवमा गोविन्द निरौला, उपसचिवमा सानु जोशी र सिताराम खतिवडा तथा कोषाध्यक्षमा नरेन्द्र खड्कालाई चयन गरेको छ । ३५ सदस्यीय जिल्ला समितिमा १७ पालिका र बिभिन्न पेशा तथा क्षेत्रको प्रतिनिधित्व रहने गरी सदस्यहरु चयन गरिएको निवर्तमान अध्यक्ष सोमराज थापाले जानकारी दिए ।

यसअधि अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालले देशको विकास र संवृद्धिका लागि बुद्धिजीवीहरुले सोच्नु पर्ने र सोहि अनुसार नेतृत्वलाई मार्ग निर्देश गर्नु पर्ने बताए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु रामलाल साह, जीवन घिमिरे, युवराज बाँस्कोटा, परिषद्का पूर्व अध्यक्ष टीकाराम पुरी, केन्द्रीय उपाध्यक्ष राधा अधिकारी, केन्द्रीय सचिव यज्ञप्रसाद शर्मा लगायतले बोलेका थिए ।

सोमबार, १० चैत, २०८१, बिहानको ०८:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर