महेन्द्र मोरङमा खस्यो २६ सय मत, राति ८ बजेदेखि मतगणना गर्ने तयारी

विराटनगर । मोरङ विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा २ हजार ६३१ मत खसेको छ ।

विहान ८ बजेबाट सुरु गरिएको मतदान दिउँसो ४ बजेसम्म तय गरिएको थियो । उक्त अवधिमा ५ हजार ९८४ जना मतदातामध्ये ४३।९३ प्रतिशतले मात्रै मतदान गरेका हुन् । मतदानमा ३ हजार ६२३ जना विद्यार्थी अनुपस्थित रहे । निर्वाचनका लागि १५ वटा मतदानस्थल बनाईएको थियो ।

निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका थिए । आजै सर्वदलीय बैठक बसेर राती ८ बजेदेखि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

यस्तै विराटनगरको स्नातकोत्तर (डिग्री) क्याम्पसको स्ववियु निर्वाचनमा ३९८ मत खसेको छ । क्याम्पसमा कुल ६२७ विद्यार्थी मतदाता थिए । उता नर्सिङ क्याम्पस विराटनगरमा भने ३३३ विद्यार्थीमा ३१५ जनाले मतदान गरेका छन् ।

मङ्गलबार, ०४ चैत, २०८१, साँझको ०६:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर