महेन्द्र मोरङ क्याम्पसमा स्ववियु चुनाव : २ बजेसम्म २ हजार २५ मत खस्यो

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजेसम्म २ हजार २५ मत खसेको छ । जसमध्ये १ हजार ९६ छात्र र ९२९ छात्राले मतदान गरिसकेका छन् ।

महेन्द्र मोरङ क्याम्पसमा २ दुई हजार ८९० जना छात्रा र ३ हजार ९४ जना छात्र मतदाता छन् । त्यसको लागि निर्वाचन कार्यालयले १५ वटा मतदान स्थल बनाएको छ । आज साझ ४ बजेसम्म मतदान गर्ने समय रहेको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन् ।
अघिल्लो निर्वाचनमा विजयी बनेको नेविसंघले यस पटक प्रज्ज्वल विष्टलाई सभापतकिो उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको माओवादी निकट अखिल क्रान्तिकारीले रोहित यादवलाई उम्मेदवार बनाएको छ । यस्तै एमाले निकट अनेरास्ववियुले अनीश बोगटीलाई उम्मेदवार बनाएको छ ।

मङ्गलबार, ०४ चैत, २०८१, दिउँसोको ०२:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर