मोरङको धनपालथानमा आगलागीमा परी तीन वर्षीया बालिकाको मृत्यु, हराएका बालक भेटिए

विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ को कदमामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए ।

हराएका भनिएका अर्का बालक भने भेटिएको उनले बताए । यसअघि प्रहरीले आगलागीमा २ बालबालिकाको मृत्यु भएको जानकारी दिएको थियो ।

आगलागीबाट १२ घर परिवारको १६ वटा छाप्रा जलेका छन् । हाल आगलागी नियन्त्रण भएको चिमरियाले बताए ।

साना छाप्रा घर र परालको माचसमेत घरकै उेउमा रहेकाले आगोले उग्ररुप लिएको प्रहरीले जनाएको छ । आगो साढे १२ बजे तिर लागेको थियो ।

मङ्गलबार, ०४ चैत, २०८१, दिउँसोको ०१:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर