विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा दुई जना बच्चाको जलेर मृत्यु अनुमान प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाका अनुसार आगलागीबाट ६–७ घर जलेका छन् । निधन हुनेमा बच्चाको परिचय खुलेको छैन ।
अहिलेसम्म आगो नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि स्थानीयबासी, दमकल र प्रहरी खटिएको मोरङ प्रहरीले जनाएको छ ।
साना छाप्रा घर र परालको माचसमेत घरकै उेउमा रहेकाले आगोले उग्ररुप लिएको प्रहरीले जनाएको छ ।