विराटनगर । होली पर्व मनाउने क्रममा अमर्यादित क्रियाकलाप गर्ने ६६ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार, शुक्रबार होली खेल्ने क्रममा अवाञ्छित गतिविधि गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
ूनियन्त्रणमा लिएकाहरू प्रहरी कार्यालयमा छन्। मादक पदार्थ मात्रै सेवन गरेर सवारी चलाउनेलाई आफन्तलाई बोलाएर जिम्मा लगाइन्छ। उच्छृंखल गतिविधि गर्नेलाई मुद्दा चलाउने तयारी गरिएको छ,ू डिएसपी जोशीले बताए।
साथै, होलीमा ट्राफिक नियम उल्लंघन गर्ने २६९ सवारी साधनलाई पनि प्रहरीले कारवाही गरेको छ। मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालका अनुसार, कारवाहीमा परेकामध्ये हेलमेट नलगाई सवारी चलाउने ७२ जना, तीन जना सवार ८८ जना र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १०९ जना रहेका छन्।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय लगायत जिल्लास्थित इलाका प्रहरी कार्यालयहरूमा राखिएको छ। प्रहरीका अनुसार जिल्लामा होली पर्व समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
