आज होली पर्व पहाडी तथा हिमाली जिल्लामा मनाइँदै

विराटनगर । आज होली पर्व पहाडी तथा हिमाली जिल्लामा मनाइँदै छ । तराईंका जिल्लामा भने भोलि मनाइनेछ ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईं तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

रङहरूको पर्वका रूपमा होलीलाई लिने गरीन्छ । प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ ।

फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराईं र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ ।

होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।

विभिन्न रंगीचंगी कपडाले सजिएको चीर ठड्याएपछि शुरू हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ ।

फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।

बिहिबार, २९ फागुन, २०८१, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर