अक्षयकोष स्थापनाको लागि पुराण महायज्ञ

विराटनगर । मानव कल्याणार्थ अक्षयकोष स्थापना गर्न विराटनगरमा सप्ताहिक श्रीमद् भागवत पुराण ज्ञान महायज्ञ हुने भएको छ ।

शिक्षा , स्वास्थ्य एव संस्कृति संरक्षण हेतु अक्षयकोषको स्थापना गर्न मैथिल ब्राहमण महासभा जिल्ला कार्यसमिति मोरङले सप्ताहिक श्रीमद् भागवत पुराण ज्ञान महायज्ञ गर्न लागेको हो ।

विराटनगर स्थित सिटि व्यालेसको प्राङ्गनमा आउँदो चैत्र ३ गते देखि चैत्र ९ गते सम्म सप्ताहिक श्रीमद् भागवत पुराण ज्ञान महायज्ञ हुने कार्यक्रमको संयाजक मनोज कुमार मिश्रले जानकारी दिए । संयोजक मिश्रका अनुसार वृन्दावनका कथावाचक अभिषेक पाठकको मुखारविंद वाट पराण ज्ञान महायज्ञ हुने छ ।

मैथिल ब्राहमण महासभा महिला कार्यसमिति मोरङ र मैथिल ब्राहमण महासभा युवा कार्यसमिति मोरङ भागवत पुराण ज्ञान महायज्ञको सहयोगी संस्थाको रुपमा रहेका छन् । सो पुराणमा आर्थिक एवंम जिन्सी सहयोग गर्नेलाई विशेष सम्मानको समेत व्यवस्था गरेको छ । शुभारम्भ हुने दिन चैत्र ३ गते विशेष कलश यात्र निकाल्ने तयारी समेत गरिएको छ ।

बिहिबार, २९ फागुन, २०८१, बिहानको ०८:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर